‘ए’ डिभिजन लिग : आज तीन खेल

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदैछ । सातौँ चरणअन्तर्गत दोस्रो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने पोखरा रंगशालामा एक खेल हुनेछ ।

दिउँसो १ बजे दशरथ रंगशालामा हुने ललितपुर डर्बीमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । थ्री स्टार क्लब लगातारको जितविहीन यात्रामा पूर्णविराम लगाउन चाहन्छ । थ्री स्टार ६ खेलमा सात अंकसहित आठौँ स्थानमा छ । थ्री स्टार जावलाखेलविरुद्ध तीन अंक जोड्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । लिगमा लगातार चार खेल गुमाए पनि चौथो खेलबाट अंक खाता खोलेको जावलाखेल आफ्नो उत्कृष्ट लय कायम राख्न चाहन्छ ।

दिउसो २ बजे मनाङ मर्स्याङ्दी क्लबले घरेलु मैदानको रूपमा रहेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्दैछ । ६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा बसेको मनाङ शीर्ष स्थानमा बस्दै लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने सम्भावना जीवित राख्न चाहन्छ । ६ खेलमा ५ अंक जोडेको ब्रिगेड पनि मनाङलाई हराउँदै अंक तालिकामा माथि उक्लन चाहन्छ ।

अपराह्न पौने ५ बजे दशरथ रंगशालामा हुने दिनको अन्तिम खेलमा संकटा क्लब च्यासलको सामना गर्दा अपराजित यात्रा निरन्तरता दिने लक्ष्यमा हुनेछ । संकटा ६ खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथिको जितले संकटा दोस्रो स्थानमा उक्लिनेछ । १३औँ स्थानको च्यासल भने संकटाविरुद्ध तीन अंक जोड्दै रेलिगेसन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *