जब एमाले सम्झिएर रोइन् रामकुमारी झाँक्री…

काठमाडाैँ । शहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफूले दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण नभएको बताएकी छन् । झाँक्रीले गुल्मीको सदरमुकाम तम्घासमा एकीकृत समाजवादी पार्टीको कार्यालय उद्घाटन गर्दै यस्ताे बताएकी हुन् ।

विगतमा आफूहरूले मेहनतका साथ धेरै घर निर्माण गरेको भए पनि ती घरमा बस्ने वातावरण नहुँदा नयाँ घर निर्माण गरेको उनले बताइन् । नेकपा एमालेलाई लक्षित गर्दै ‘पुरानो घर’को संज्ञा दिएकी थिइन् । र ‘नयाँ घर’को रुपमा नेकपा एकीकृत समाजवादीलाई उनले अर्थ्याएकी थिइन् ।

झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन् । ‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्,’ मन्त्री झाँक्रीले गहभरि आँशु झार्दै भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *