मिसेस नेपाल वर्ल्ड ग्राण्ड फिनाले शनिवार

काठमाडौँ । वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१को ग्राण्ड फिनाले शनिवार  हुने भएको छ । आर्मी अफिसर्स क्लबमा हुने प्रतियोगिता रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा भइरहेको हो ।

यसै प्रतियोगिताबाट मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताको पनि घोषणा गरिनेछ । अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा हुने कार्यक्रममा अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिनेछ ।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने वाइवाइ मिसेस नेपाल वर्ल्डमा विभिन्न पेसामा आबद्ध २४ पेसाकर्मी तथा गृहिणीहरूले अन्तिम प्रतिस्पर्धा गर्दै छन् । यस वर्षदेखि मिस वर्ल्डमा समेत यस पटकको मिसेस वर्ल्ड नेपालका विजेताले सहभागी हुन पाउने छन् ।

त्यस्तै मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *