लाहुरे सहित ४ जनालाई हिरासतमा राख्ने आदेश

काठमाडौँ । लागु औषधसम्बन्धी मुद्दामा पक्राउ परेका र्यापर आशिष राना ‘लाहुरे’ सँगै  ४ जनालाई ८ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार पाेखराबाट पक्राउ परेका उनीहरू सबैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत कास्कीले शुक्रबार आदेश दिएको हो ।

उनका अनुसार बुधबार राती उनीहरू पक्राउ परेका थिए । अदालत बन्द रहेकोले बिहीबार उनीहरूकाे मुद्दामा अनुसन्धान अघि बढाउन सकिएको थिएन ।

पक्राउ पर्नेहरूमा लाहुरेसहित नवीन गुरुङ, सुस्मिता गुरुङ र ध्रुवबहादुर थापा छन् । उनीहरूलाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको समेत थापाले बताएका छन् ।

सूचनाको आधारमा प्रहरीले ब्राउन सुगर सेवन गरेको अवस्थामा चारै जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरू बस्ने कोठाबाट ब्राउन सुगर समेत फेला पारेको छ ।

उक्त कोठा कसको हो भन्नेबारे तथा अरू कसैकाे संलग्नता रहेको नरहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *