ए डिभिजन लिगमा आजदेखि सातौँ चरणका खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौँ चरणका खेलहरू हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो १ बजे सुरु हुने खेलमा एपीएफ जित निकाल्दै रेलिगेशन जोनबाट उम्कन चाहन्छ । आर्मी भने विभागीय प्रतिष्ठाको लडाइँमा दुई विदेशी खेलाडी समावेश गरेको एपीएफलाई हराउँदै उपाधि दाबेदारीलाई यथावत् राख्न चाहन्छ ।

एपीएफ ६ खेलमा ५ अंक जोडेर ११औँ स्थानमा रहेको छ । आर्मी ६ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ ।

साँझ पौने ५ बजे हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई चुनौती दिनेछ । जारी लिगमा पुछारमा रहँदै फ्रेन्ड्स रेलिगेशन जोनमा छ । एनआरटीविरुद्ध जित निकाल्दै फ्रेन्ड्स रेलिगेशन क्षेत्रबाट कसरतमा छ । एनआरटीसमेत फ्रेन्ड्सविरुद्ब जित निकाल्दै शीर्ष चारको आफ्नो लक्ष्यलाई कायम राख्न चाहन्छ । दुवै टोलीलाई विदेशी खेलाडीको साथ छ ।

फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा छ । एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौँ स्थानमा छ । जारी लिगमा मच्छिन्द्र शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *