कस्तो रहला आजको मौसम ?

काठमाडौँ । अहिले देशभर आंशिक बदलीसहित धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली क्षेत्रहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली क्षेत्रहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *