फागुनमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ हुने

काठमाडौँ । दसौँ ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ आगामी फागुनमा आयोजना हुने भएको छ । नेपाल र अफ्रिकाको सांस्कृतिक सम्बन्ध बलियो बनाउने उद्देश्यले फेस्टिभल आयोजना हुने भएको हो ।

फागुन पहिलो साताबाट राजधानीमा आयोजना हुने महोत्सवमा अफ्रिकी मुलुकबाट चलचित्र आउने क्रम जारी छ ।

महोत्सव कलेज अफ जर्नालिज्मले महोत्सव विलक्षण क्रिएसनसँगको सहकार्यमा आयोजना गर्न लागेको हो । तीन दिनसम्म चल्ने महोत्सवमा अफ्रिकीसँगै नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्रसमेत प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *