‘परदेशी फर्केन’ सार्वजनिक

काठमाडौँ । पूर्वेली गायक देवीलाल भण्डारी र मुना स्याङ्तानको स्वरमा रहेको परदेशीको पिडालाई समेटेर तयार पारिएको गीत ‘परदेशी फर्केन’ सार्वजनिक भएको छ ।

साहुको ऋण तिर्न नसक्दा दुखी गरिब विदेश पलायन हुन बाध्य हुनुपर्ने र नेपालमा परिवारको बिचल्ली हुने कथा यस गीतको भिडिओमा देखाउन खोजिएको छ । शब्द तथा संगीत समेत भण्डारीले नै गरेका छन् ।

राजु विरही सापकोटा र मुना स्याङ्तानको अभिनय रहेको गीत राजु विरही सापकोटाले निर्देशन गरेका छन् । भिडिओ छायांकन सरोज साहीले गरेका छन् भने सम्पादन रोशन धितालको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *