श्याम निर्देशित ‘श्वास फेरी’ सार्वजनिक

काठमाडौँ । श्याम खत्रीको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘श्वास फेरी’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द रचना रहेको गीतमा योगेश काजीको संगीत, स्वर तथा संगीत संयोजन छ ।

भिडिओमा राजन वैश्य, रीतिका सापकोटा, मना महर्जन र सीएस साउँदको अभिनय रहेको छ । सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतलाई यम बहादुर चौधरीले खिचेका हुन् ।

गीतका निर्देशक सल्लाहकार राजु गिरी रहेका छन् । सौखिन तिमिल्सिनाको सम्पादन र कलर करेक्सन रहेको गीतलाई निर्देशक खत्री स्वयमले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *