चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता

काठमाडौँ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ  ।

बुधबार राति भ्रमणकारी टोली सिटीका लागि  फिल फोडेनले १६ मिनेटमा निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो । ८७औं मिनेटमा एमेरिक लापोर्टेले गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

गएराति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाएपनी ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे ।

जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ ।  दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *