विवाद बढेका बेला सेकेन्ड इनिङ सम्हाल्न आइपुगे पुबुदु

काठमाडौँ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा दोस्रो पटक नियुक्त भएपछि पुबुदु दसानायके मंगलबार नेपाल आइपुगेका छन् ।

गतअसोजमा तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान)ले २५ मंसिरमा पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनी यसअघि २०११ मा नेपाली टीमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नेपाल डिभिजन-४ मा भएको बखत मुख्य प्रशिक्षक रहेका उनको कार्यकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो भने डिभिजन स्तरको उपाधि पनि जितेको थियो ।
पुबुदुको अवको मुख्य ध्यान फेब्रुअरीमा ओमानमा हुने आइसीसी टी-२० ग्लोबल विश्वकप छनोटमा हुनेछ ।

यो पनि
पुबुदुको पुनरागमन : दाबेदार छवि फर्काउने चुनौती

पुबुदु नेपाल आए पनि अहिले खेलाडी र क्यानबीचको खराब सम्बन्ध उनका लागि पहिलो चुनौतीका रुपमा रहनेछ । नेपाल उत्रिएपछि उनले खेलाडी-क्यान विवाद सामान्य भएको बताए ।

उनले भने‚ ‘यो विवाद सामान्य हो । विश्वभर पनि यो भइरहेको हुन्छ । यद्यपी एउटा कोठामा बसेर सबै विषयमा कुरा गर्दा यो इस्यूको विषय हो भन्ने लाग्दैन । सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाली क्रिकेट नै हो । त्यसैले मलाई लाग्छ‚ सबै कुराहरू समाधान भएर नयाँ गतिमा क्रिकेट अघि बढ्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *