पारिश्रमिक नपाएर दिक्क परमिता

काठमाडौँ । अभिनेत्री परमिता आरएल राणाले काम गरेबापतको पारिश्रमिक नपाएको बताएकी छन् । उनले सोमबार इन्स्टाग्राममा अभिनय र मोडलिङमा ढिला गरी पाउने पारिश्रमिकबाट आफू दिक्क भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आफ्नो मेहनतको कमाइका लागि भिख माग्नुपर्छ । मैले अहिलेसम्म गरेका मोडलिङ र अभिनयमा ढिला गरी पारिश्रमिक पाएको छु ।’

उनले अबदेखि समयमा पारिश्रमिक नदिने व्यक्तिको नाम सार्वजनिक गर्ने चेतावनीसमेत दिएकी छन् । उनले मोडलिङ र अभिनय क्षेत्र प्रवेशअघि मानसिक रूपमा बलियो हुन समेत सुझाव दिएकी छन् ।

राणाले रोज, चङ्गा चेट, चपली हाइट २ लगायत चलचित्रमा काम गरे पनि उनी दर्शक माझ जम्न सकेकी छैनन्  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *