सेन्ट्रल जोन महिला भलिवल

नेपाल च्याम्पियन

काठमाडौँ । एसियाली सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलअन्तर्गत महिलातर्फको उपाधि नेपालले जितेको छ । मंगलबार बंगलादेशको ढाका भएको फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपाल प्रतियोगिताको साविक विजेतासमेत हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले नै विजयी भयो ।

तेस्रो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पारे पनि चौथो सेटमा उज्वेकिस्तान २५–२२ ले विजयी भएपछि खेल प्रतिस्पर्धात्मक र रोचक भएको थियो । पाँचौं सेटमा नेपाल १५-१० ले विजयी भएसँगै उपाधी रक्षा गर्न सफल भएको हो ।

नेपाल प्रतियोगिताभरि अपराजित रह्यो । प्रतियोगिताको पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *