माओवादी महाधिवेशन:

राम कार्कीको पूरक प्रतिवेदन- वैचारिक बहसको थालनी ‘दुम्ला दस्ताबेज’बाट गराैँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता राम कार्कीले पार्टीमा वैचारिक बहसको खाँचो रहेको औंल्याएका छन् । पार्टीमा वैचारिक नेताको छवि बनाएका कार्कीले भनेका छन्, ‘निरन्तर साँध लाइरहनुपर्ने वैचारिक हतियारमा खिया लाग्न लागेको अवस्थामा वैचारिक बहसको थालनी हाम्रो ‘दुम्ला दस्ताबेज’ को पुनः अध्ययन, पुनःव्याख्या र संसोधन (हामीकहाँ संसोधन शब्दप्रति प्रति अरूची छ) बाट हुन सक्दछ । दुम्ला दस्ताबेजले उठाउन खोजेको मुख्य विषय क्रान्तिकारी आन्दोलनको निरन्तरता र संक्रमणकालीन सत्ताकै प्रश्न हो ।’

उत्पीडितहरूको मुक्तिको सैद्धान्तिक वैचारिक हतियार मार्क्सवाद भएको उल्लेख गर्दै कार्कीले मार्क्सवादको भौतिक शक्ति सर्वहारा वर्ग रहेको उल्लेख गरेका छन् । त्यो भनेको नेपालको सन्दर्भमा उत्पीडित वर्ग र जात व्यवस्थाद्वारा उत्पीडित बनाइएका समुदाय रहेको बताएका छन् । ‘दुम्ला दस्ताबेज’ यसका केही पक्ष समेटिएकाे उल्लेख गर्दै कार्कीले यहीँबाट बहसकाे शृङ्खला शुरू हुनुपर्ने बताएका छन् ।

माओवादी केन्द्रले ०६० जेठमा राेल्पाकाे दुम्लामा केन्द्रीय कमिटी बैठक सम्पन्न गरेको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे’ शिर्षकको दस्ताबेज प्रस्तुत गरेका थिए । कार्कीले पूरक दस्ताबेज प्रस्तुत गर्दै त्यसकै जगमा माओवादीको भावी यात्रा तय गर्नुपर्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *