भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जित

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकालेका छन् । उनले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवै इभेण्टमा जित हाँसिल गरेका हुन् ।

सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङ्गमाथि ६–४, ६–० को सहज जित निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले बिदुर बिष्ट र काजी गुरुङ्गको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।

प्रतियोगिता अन्तर्गत सोमबार भएका अन्य खेलहरुमा मेन्स ओपनतर्फ नेपालका शिर्ष वरियता प्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थ, विष्णु नेपाली, नेहार जंगबहादुर थापा, मनोज महर्जन, अक्कि जुवेन रावत र गोविन्द नेपाली विजयी भए । त्यस्तै उमन्स सिंगलतर्फ सलोनी तामाङ्ग, शर्भानी श्रेष्ठ, भगवती विक र गंगा शर्माले जीत हासिल गरिन् ।

सोमबार नै विभिन्न उमेर समुहको खेल भएका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार पनि विभिन्न उमेर समुहमा प्रतिस्पर्धा हुने टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *