श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

विराटनगर । पाँचथरमा लोहोरो प्रहार गरी श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका ईन्द्रकुमार नेम्वाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

सामान्य घरायसी विषयमा विवाद हुँदा रिसको आवेगमा इन्द्रले श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङलाई लोहोरो प्रहार गरेको प्रहरीले जनाएको छ । लोहोरो टाउकोमा प्रहार गर्दा घाइते भएकी जीवनकुमारीको विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो ।

मृत्यु भएपछि प्रहरीले उनका श्रीमान ईन्द्रलाई नियन्त्रणमा लिएको हो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न नेम्वाङलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *