कन्सर्टका लागि नेपाल आउँदै असीस कौर

काठमाडौँ । चर्चित भारतीय गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ तारिक दरबारमार्गस्थित क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत नेपाल आउन लागेको जानकारी दिएकी छन् । नेपालको कन्सर्टका लागि आफू उत्साहित रहेको समेत उनले उल्लेख गरेकी छन् ।

फेलिज इन्टरनेसनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । कौरको ‘राता लम्बिया’ गीतको चर्चालाई मध्यनजर गरी क्लब सञ्चालकले  कौरलाइ कन्सर्टका लागि ल्याउन लागेका हुन् । कार्यक्रममा कौरका अलावा नेपाली गायक याबेश थापाको समेत प्रस्तुति रहनेछ ।

८ तारिकको कार्यक्रमका लागि कौर एक दिनअघि नै नेपाल आउनेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *