नेपाली महिला टोली किर्गिस्तानसँग खेल्दै

काठमाडाैँ । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टीम आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । समूहचरणको अन्तिम खेलमा नेपाल शतप्रतिशत जितको साथमा शीर्ष स्थानमा रहने ध्याउन्नमा हुनेछ ।

लगातार चार जितसहित नेपाल अन्तिम खेलअगावै फाइनलमा पुगेकाले बलियो आत्मविश्वासका साथमा किर्गिस्तानविरुद्ध मैदानमा उत्रने छ । नेपालले आफ्नो अन्तिम खेल ११:१५ मा ढाका स्थित मिरपुरमा रहेको शाहिद शुरवार्दी इन्डोर हलमा खेल्दै छ ।

साबिक च्याम्पियन नेपाल प्रतियोगितामा अपराजित रहेको छ । प्रतियोगिताबाट बाहिरिइसकेको किर्गिस्तान भने प्रतियोगितामा सुखद अन्त गर्ने ध्याउनमा हुनेछ । आइतबार उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको थियो । अर्को फाइनल पुग्ने टीमको तय भने श्रीलंका र उज्वेकिस्तानबिच आज नै हुने खेलले तय गर्ने छ ।

नेपालले प्रतियोगितामा फाइनलसम्म स्थान बनाउने क्रममा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो भने माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पाखा लगाएको थियो ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *