शीर्ष स्थानका लागि दबाब बढाउँदै चेल्सी

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा उपाधि दाबेदारीमा चेल्सीले पनि दबाब बढाउँदै लगेको छ। आइतबार भएको खेलमा जोर्गिन्होले पेनाल्टीमार्फत २ गोल गर्दै टिमलाई जित पक्का गरेको खेलमा चेल्सीले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको हो।
खेलमा अग्रता भने एस्टन भिल्लाले जेम्सको आत्मघाती गोलमार्फत खेलको २८ औँ मिनेटमा लिएको थियो। मट्ट टार्गेटको क्रसलाई क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल हुन पुग्दा चेल्सी पछि परेको थियो।
तर जोर्गिन्होले ३४ औँ मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरी भएको खेलमा दोस्रो हाफमा सिटीले रोमेलु लुकाकुको गोलमार्फत खेलमा अग्रता बनायो।
हुडसन ओडोइको पासलाई लुकाकुले ५६ औँ मिनेटमा सदुपयोग गर्दा चेल्सीले खेलमा ३९१ को अग्रता बनाउन सफल भएको थियो। जितसँगै चेल्सीले दोस्रो स्थानको लिभरपुल समान अङ्क बनाउँदै तेस्रो स्थानमा रहेको छ। यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ। चेल्सी १९ खेलबाट ४१ अङ्क बनाउँदा लिभरपुलको पनि ४१ अङ्क नै रहेको छ।








