म्यानचेस्टर सिटीको सानदार

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले जित निकालेको छ । सिटीले लेस्टर सिटीमाथि ६-३ को जित निकालेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको सानदार जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डि ब्रुयन, रियाद महारेज, इल्केए गुन्डोगान र एमेरिक लापोर्टेले समान एक गोल गरे । लेस्टरका जेम्स म्याडिसन, एडेमोला लोकमन र केलिची इहानाचोले समान एक गोल गरेपनि हार टार्न सकेन ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको १९ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ । पराजित लेस्टर २२ अंक जोडेर १०औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *