सेन्ट्रल जोन भलिबलमा नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौँ । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपअन्तर्गत पुरुषतर्फको आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको छ ।

नेपालसँग पराजित भएसँगै माल्दिभ्स भने प्रतियोगितामा अंकविहीन बन्यो । प्रतियोगितामा दुई जित निकालेको नेपालले भने ६ अंक बनाएको छ ।

ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले २७-२५, २५-१९ र २५-२३ को सेटमा जित निकाल्यो । जितसँगै नेपाल शीर्ष चारमा रहन सफल भयो । नेपालको दुई जितसँगै ६ अंक भएको छ । अब नेपालले अन्य टीमको प्रदर्शनको आधारमा अघिल्लो चरण तय हुनेछ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग ३-० को सोझो सेटमा हार व्यहोर्दा दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको थियो । शनिबार श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको नेपालले आफ्नो अन्तिम खेलमा सोझो सेटमा जित निकालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *