सलमानलाई सर्पले डस्यो‚ अवस्था सामान्य

काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । शनिबार क्रिस्टमस मनाउन उनी आफ्नो पनवेल फार्म हाउस गएका थिए ।

सोही रात उनलाई सर्पले टोकेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यसपछि उनलाई दिउँसो ३ बजे ‘कामोठे एमजीएम’ अस्पतालमा भर्ना गरिएको थियो । सर्प विषालु नभएको र उनी उपचारपछि फार्म फर्किसकेका छन् । उनको स्वास्थ्य अहिले सामान्य रहेको बताइएको छ ।

सलमान आइतबार बिहान ९ बजे नै आफ्नो फार्म हाउस फर्किएका छन् । उनी परिवार र साथीभाइसँग क्रिस्टमस मनाउन पनवेल फार्म हाउस पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *