पुष १० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. पुष १०, २०७८ । ई.सं. २५ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलागा । राक्षस, दक्षिणायन,हेमन्त । शनिबार पौष कृष्णपक्ष । तिथि- षष्ठी, १६:०९ बजे उप्रान्त सप्तमी । नक्षत्र- पूर्वफाल्गुनी, २५:४९ बजे उप्रान्त उत्तरफाल्गुनी । योग- प्रीति, ९:१८ बजे उप्रान्त आयुष्मान् । करण- वणिज १६:०९ बजेदेखि भद्रा, २७:५८ बजे उप्रान्त कौलव । चन्द्रराशि सिंह । आनन्दादि योग लुम्ब । दिनमान २५।५० । सूर्योदय ६:५४ । सूर्यास्त १७:१४ । त्रिपुष्कर १:४९ उ., क्रिसमस डे ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यमा वृद्धि हुने र पारिवारिक सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । शत्रुपक्ष पनि हावी हुन सक्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सफल यात्रा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाजुभाइ वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अकस्मात् सफलता पाइन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सरुवा र बढुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन पनि हातलागी हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

-हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *