रेमल चक्रवातले मिजोरममा पहिरो, २७ जनाको मृत्यु

काठमाडौं । भारतको मिजोरम राज्यमा रेमल चक्रवातबाट २७ जनाको ज्यान गएको छ । सो क्षेत्रमा पानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ ।

मिजोरममा रेमल चक्रवातको प्रभावका कारण भारी वर्षा भएको थियो । सोही वर्षापछि पहिरोमा च्यापिएर २७ जनाको मृत्यु भएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको हो ।

मिजोरम प्रहरीका प्रमुख अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार रेमल चक्रवातका कारण धेरै स्थानमा बिजुलीका खम्बा र रुखहरु समेत उखेलिएका छन् । सरकारले पहिरोमा ज्यान गुमाएकाका परिवारलाई चार–चार लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको छ । साथै विपद कोषमार्फत् १५ करोड रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *