एपीएफ र एनआरटीबीच ३-३ गोलको बराबरी

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टीम एपीएफ र न्युरोड टीम एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा एनआरटी तीन पटकको अग्रतालाई जोगाउन असफल भयो । एनआरटीका लागि दर्शन गुरुङले दुई गोल गरे । ३२औँ मिनेटमा मेसुकेको क्रसमा दर्शन गुरुङले हेडबाट पहिलो गोल गरेको उसले ३७औँ मिनेटमा बराबरी गर्न सफल भयो । उसका लागि आशिष लामाले गोल फर्काए ।

दोस्रो हाफमा एनआरटीले आफ्नो आक्रामक खेललाई निरन्तरता दिँदै ४८औँ मिनेटमानै अग्रता लियो । दर्शन गुरुङले नै व्यक्तिगत तथा टीमका लागि दोस्रो गोल गरे । एनआरटीले अग्रता फराकिलो बनाउने क्रममा ६०औँ मिनेटमा तेस्रो गोल गर्‍यो । एपीएफका डीफेन्डरले क्लियर गर्न नसकेको बललाई मेसुकेले गोल गरेका थिए ।

६५औँ मिनेटमा नविन लामाको फ्रिकिकमा दिपेश धिमालले हेड गर्दै खेललाई ३-२ को अवस्थामा ल्याए । ६९औँ मिनेटमा एपीएफले खेललाई बराबरीमा ल्यायो । उसका लागि कप्तान नविन लामाले ३-३ गोलको बराबरी गरेका थिए ।

त्यसपछि पनि दुवै टिमले गोलका केहि राम्रा मौकाहरु बनाए पनि गोल गर्न चुक्दा खेल ३-३ गोलको बराबरीमा सकियो । बराबरीपछि एनआरटीको ६ खेलमा ७ अङ्क बनाएर छैटौँ स्थानमा उक्लिन सफल भएको छ । एपीएफ भने ६ खेलमा पाँच अङ्क बनाएर ११औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =