यौन र क्यान्सर : ‘मलाई सहयोग माग्न लाजमर्दो हुन्थ्यो’

जब काइट विल्डीलाई १७ वर्षमै क्यान्सरले समात्यो‚ उनका चिन्ता गर्ने कुराहरूभन्दा धेरै पर थियो यौनको कुरा । तर, जब उनी उपचारपछि आत्मीय हुन् तयार भइन् तब उनले पीडा, असहजता र लज्जामात्रै पाइन् । यसका साथै उनले कसरी सहयोग माग्ने भन्ने जानिनन् ।

बेलायतको म्यान्चेस्टरकी काइटलाई एक्युट मिलोइड ल्युकेमियमा नामक रक्त क्यान्सर भयो । क्यान्सर लाग्नुअघि उनको यौन जीवन उनकै शब्दमा भन्दा ‘वाइल्ड’ थियो । तर, किमोथेरापीका क्रममा उनलाई यौन धेरै खतरनाक हुने कुरा बताइयो ।

४६ प्रतिशतभन्दा धेरै क्यान्सर भएका युवाहरू आफ्नो यौन जिन्दगीमा नकारात्मक असर परेको बताउँछन् । यो समग्र उमेर समूहको ३७ प्रतिशतभन्दा धेरै हो । यो तथ्याङ्क म्याकमिलन क्यान्सर सपोर्ट नामक संस्थाले गरेको अनुसन्धानबाट लिइएको हो । बेलायतको क्यान्सर रिसर्चको तथ्याङ्कअनुसार बेलायतमा १५ देखि २४ वर्ष उमेर समूहका युवायुवतीमा हरेक वर्ष २ हजार ४ सय क्यान्सरका केसहरू देखिन्छ ।

एक अनुमानित चेस्टिटी बेल्ट
अङ्ग्रेजीमा एक शब्द छ- चेस्टिटी बेल्ट । यो भनेको महिलालाई यौन सम्पर्क गर्न बन्देज गर्न यौनाङ्गलाई छोप्ने एक किसिमको बारबेरको कपडा हो । ‘यो मलाई लगाइएको चेस्टिटी बेल्टजस्तै हुन्थ्यो’, काइटले न्युज बिटलाई भनेकी छन् । काइटले उपचार गरेपछि थोरै प्लेटलेट्स देखियो । पर्याप्त प्लेटलेट्स नभएको अवस्थामा केहीले चिरिक्क काट्यो भने रगत जम्दैन, बगेको बग्यै गर्छ । यौन सम्पर्कमा यस्तो हुने सम्भावना पनि रहन्छ ।

आफ्ना साथीहरू कलेजबाट डेटिङ गएको देखेर मनमा पलाएको ईर्ष्याले काइटलाई नकारात्मक असर पर्‍याे । कपाल झर्ने, तौल घट्नेलगायतका समस्याहरू देखियो । केमोथेरापी लिएको बेला उनमा यौन चाहना हराउँथ्यो । तर, बोन म्यारोको सफल प्रत्यारोपणसँगै उनका केही भावनाहरू पुनः ताजगी अवस्थामा फर्किने गर्थे । उनलाई फेरि यौनको चाहाना हुन्थ्यो । तर‚ जब उनले एक रात हस्तमैथुनको प्रयास गरिन्‚ उनलाई पीडा र असहज महसुस भयो । ‘…म आफैँले असहज महसुस गरेँ… ।’

काइटलाई त्यो बेला थाहा थिएन तर केमोथेरापी र रोडियोग्राफी उपचारका क्रममा उनको शरीरले रसायनिक मेनोपजमा पुग्यो । मेनोपज भनेको महिलाको रजस्वला सधैँका लागि बन्द हुनु हो ।

मेनोपजको सम्भावित एक लक्षण भनेको ‘भेजाइनल एट्रोफी’ हुनु हो । यो भनेको यौनी पातलो हुँदै जानु हो । यसले यौनकर्मलाई असहज बनाउँछ । तर, यसो पनि हुनसक्छ भनेर काइटलाई कसैले सम्झाएन । त्यसैले उनलाई यो कुरा थाहा पाउँदा अन्धकारजस्तै भयो । ‘मैले सोचेँ कि यो मैले सोचेजस्तो रमाइलो पक्कै होइन’, काइट भन्छिन् । उनलाई फेरि पनि डेट जाने अनुभूतिहरू हुँदैछन् । तर, खराब अनुभवले उनको आत्मविश्वास डगमगाउन सक्छ ।

कसैसँग सम्बन्ध हुनासाथ यौन सम्पर्क गर्न नसकिने बारेमा सम्झाउनुपर्ने उनी सम्झन्छिन् । यसले उनको डेटिङको आत्मविश्वास डगमगाइदिएको छ । ‘एक हिसाबले म टुटेको महसुस गर्छु, यसले यसले एक खालको लज्जा ल्याइदिएको छ’, उनी भन्छिन् । काइटललाई यत्ति लज्जाबोध भयो कि उनले यो कुरा धेरै महिनासम्म कसैलाई पनि भन्न सकिनन् । तर, उनले अनायासै एक दिन ट्रान्सप्लान्ट क्लिनिकमा एक नर्स भेटाइन् ।

उनले महिलाका लागि क्लिनिक खोलेकी थिइन् । त्यहीँबाट काइटले केही सहयोग र सल्लाह पाइन् । ‘त्यो भेटपछि निस्कँदा मभित्र धेरै आत्मबल आयो’, काइट भन्छिन्, ‘मैले पुनः अनुसन्धान गर्नुपर्ने थियो तर मैले शिक्षित र सुरक्षित तवरले गरेँ ।’ ‘…मैले धेरै कुरूप महसुस गरेँ…’ सार्कोमा भन्ने क्यान्सरले च्यापेपछि ज्याक फिल्डिङलाई यौनबारेमा जिज्ञासा राख्नु लाजमर्दो जस्तै अनुभव हुन्थ्यो ।

सन् २०१९ मा ज्याकले उपचारका क्रममा आफ्नो तौल घटेको र कपाल झरेको पाए । त्यो अनुभव उनलाई ‘आफू भएको एक अंश’ लोप भएको जस्तै भयो । ‘मेरो आत्मबलमा धेरै ठुलो धक्का पुग्यो’, २६ वर्षे ज्याक भन्छन्‚ ‘यसले मलाई एलियनजस्तै अनुभव गरायो । म ऐना त हेर्थेँ तर आफ्नो अनुहार हेर्दैनथिएँ । म आफूलाई दिन प्रतिदिन कुरूप महसुस गर्दै गएको थिएँ ।’

म्याकमिलन क्यान्सर सपोर्टका अनुसार क्यान्सरले कसैको यौन जीवनमा निम्न तरिकाले असर गर्छ :-

  • क्यान्सर देखिएपछिको भावनात्मक असर‚ जसले यौन चाहाना कम गराउन सक्छ
  • उपचारका अल्पकालीन समस्याहरू देखिन सक्छ‚ जस्तैः आलस्य
  • कपाल झरेर र तौल घटेर शरीरको चित्रजन्य तनाव र डर पैदा गराउन सक्छ
  • यौन क्रियाकलापमा सक्रिय हुने शरीरलाई दीर्घकालीन असर गर्छ‚ जस्तैः शारीरिक परिवर्तन घट्छ ।

‘किशोरवयबाट गुज्रनु र आफ्नो यौनजन्य सुस्वास्थ्य कल्पना गर्नु आफैँमा गाह्रो काम हो । यसमा तपाईँ किशोर हो र क्यान्सरसँग जुधिरहनुभएको छ भने तपाईँ झनै एक्लो महसुस गर्नुहुन्छ’, क्यारोलिन बताउँछिन् ।

बेलायतभर यस विषयमा विशेष थेरापीको अभाव भएको स्विकार्छन् डाक्टर रिचर्ड सिमकोक । क्याकमिलन क्यान्सर सपोर्टका विशेषज्ञ उनका अनुसार बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा त्यस्ता थेरापी विज्ञहरू भएमा काइट र ज्याकजस्ता धेरै जना लाभान्वित हुने बताउँछन् ।

‘संवेदनशील प्रश्नहरू सोध्ने बिरामीलाई हामीले संवेदनशील रूपमा उत्तर दिने स्वास्थ्य पेसाकर्मीहरूको तालिम दिन आवश्यक छ’, उनी भन्छन् । अहिले काइटले क्यान्सर भएकाहरूलाई यौन सल्लाह र सूचना दिने अभियान चलाइरहेकी छन् । र, अरू क्यान्सरसँग जुधेकाहरूसँग मिलेर आफ्ना यौन कथाहरू म्यगाजिनमा लेख्न प्रेरित गरिरहेकी छन् । ‘यो हाम्रो अनुभव हो र हामी सबैलाई इमानदार हुन प्रेरित गरिरहेका छौँ । मजस्तै अरूले पनि अन्धकारमा बस्नु नपरोस् भन्ने मेरो चाहाना हो‚’ उनले भनिन् ।

बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *