फागुन २७ मा ‘आकासे खेती’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘आकासे खेती’को फर्स्ट लूकसँगै प्रदर्शन मिति तय भएको छ  । फागुन २७ गतेबाट प्रदर्शनमा आउने चलचित्रका निर्देशक उदय सुब्बा रहेका छन् ।

चलचित्रमा विल्सन विक्रम राई, गौरव पहाडी, निता ढुङ्गाना, कृषा गुरुङ, शिशिर वाङदेल, बुद्धि तामाङ, रवीन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्माको अभिनय रहेको छ ।

राजु किराँतीको द्वन्द्व, सुजन बडालको सम्पादन, विक्रम डिसीको छायाङ्कन, राम जी लामिछाने र राजीव सिंहको नृत्य निर्देशन रहेको छ । चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ । चलचित्रलाई  फागुन २७ गते प्रदर्शन गरिने भएको छ । चलचित्रमा विकास चौधरी र बादल लिम्बुको सङ्गीत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *