‘ह्यारी पोटर : रिटर्न टु होगवार्ट्स’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । हलिउड चलचित्र ‘ह्यारी पोटर : रिटर्न टु होगवार्ट्स’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रमा जोडिएका अधिकांश कलाकारले आ-आफ्नो अनुभव सेयर गरेका छन् ।

ट्रेलरमा ह्यारी पोटरको भूमिका निभाएका डेनियल रेडक्लिफ सुनसान सडकमा हिँडिरहेका देखिन्छन् । पछि उनले आफ्ना साथी हर्माइनी ग्रेन्जर (एम्मा वाट्सन) र रोन वेस्ली (रुपर्ट ग्रिन्ट) लाई भेट्छन् । ट्रेलरमा यी तीन बाहेक अन्य कलाकारहरू पनि देखिएका छन् ।

जनवरी १, २०२२ मा ह्यारी पोटर फ्रेन्चाइजको २० वर्ष पूरा भएको अवसरमा एक विशेष उत्सवको आयोजना गरिएको छ ।

यस उत्सवको नाम ह्यारी पोटर : रिटर्न टु होगवार्ट्स हो । एचबीओ म्याक्समा रिलिज हुने शोमा फ्रेन्चाइजसँग सम्बद्ध सबै कलाकारहरू सहभागी हुनेछन् । सार्वजनिक भएको ट्रेलरमा, सबै कलाकारहरूको ग्रेट हल अफ होगवार्ट्समा पुनर्मिलन भएको छ । यहाँ सबै जना एक अर्कासँग कुरा गरिरहेको देखिन्छ ।

https://www.instagram.com/p/CXteaoDIU9o/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *