अर्जुन दास हत्या प्रकरण : गाउँपालिका कार्यालयमा तालाबन्दी, सबै वडा कार्यालय बन्द

धनगढी । विभत्स हत्या गरिएका कैलालीको जानकी गाउँपालिकाका अर्जुन दासको न्यायका लागि गठन गरिएको संघर्ष समितिले बिहीबार कैलालीको जानकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

दासको हत्या भएको एक साता पुग्नै लाग्दा पनि प्रशासनले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पूर्वनिर्धारित कार्यक्रमअनुसार संघर्ष समितिले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

कार्यालयमा तालाबन्दीस‍ँगै गाउँपालिका र अन्य सबै वडा कार्यालयहरू पनि बन्द गरिएका छन् । ललित परियारको संयोजकत्वमा गठन भएको संघर्ष समितिले आफ्ना पूर्वनिर्धारित कार्यक्रमअनुसार यसअघि ईलाका प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण दबाबमुलक प्रदर्शन, ईलाका प्रशासन कार्यालय टीकापुरलाई ज्ञापनपत्र बझाउने, विरोधसभा लगायतका कार्यक्रम गरिसकेको छ ।

संघर्ष समितिले शुक्रबार भुपेन्द्र बडुवाल र अर्जुन दासको न्यायका लागि कैलालीको लम्की क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र बजार बन्द गर्ने कार्यक्रम रहेको जनाएको छ ।

अपराधीलाई कानुनी कठघरामा ल्याई सर्वश्वसहित आजीवन कारवास हुनुर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति हुनुपर्ने, पीडितको बालबालिकालाई उचित शिक्षाको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायतका माग अघि सारिएको छ । माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तर जारी राख्ने चेतावनीसमेत दिइएको छ ।

पुस तीन गते शनिबार जानकी गाउँपालिका ९ मा रहेको स्थानीय अमरावती सामुदायिक वनमा हातखुट्टा पछाडि बाँधेर नग्न बनाई टाउँको छिनालेर हत्या गरिएकोे अवस्थामा अर्जुन दासको शव फेला परेको थियो ।

विभत्स शव घटनास्थलबाट पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको भए पनि परिवारले शव उठाउन मानेको छैन । दोषीलाई पक्राउ नगरेसम्म शव नउठाउने परिवारको अडान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =