पठानको सेटबाट बाहिरियो शाहरुखको तस्बिर

काठमाडाै‌ँ । बलिउड अभिनेता शाहरुख खान आफ्ना छोरा आर्यन खान लागु औषध मुद्दामा पक्राउ परेदेखि नै सक्रिय रूपमा काममा देखिएका थिएनन् । तर अहिले भने उनी करिब दुई महिनापछि सेटमा फर्किएका छन् ।

शाहरुखले बुधवारबाट मुम्बईमा चलचित्र ‘पठान’ को छायांकन पुनः सुरु गरेका छन् । सेटबाट उनको तस्बिर समेत बाहिर आएको छ । सार्वजनिक भएको तस्बिरमा शाहरुख कालो टि-सर्ट र लामो कपालमा देखिएका छन् । रिपोर्टका अनुसार  शाहरुखले आगामी दुई टिन हप्ता मुम्बईमा छायांकन गर्नेछन् ।

शाहरुखले आफ्ना आगामी चलचित्रका लागि निर्देशकहरू लाई एकै पटक मुम्बईको छायांकन सकेर फर्किने गरीको तालिका बनाउन आग्रह गरेका छन् । यसबाट शाहरुखले आफ्नो परिवारलाई पनि समय दिन पाउने छन् र छायाङ्कनमा पनि कुनै बाधा पर्ने छैन ।

यसअघि यो चलचित्रको छायांकन स्पेनमा हुने भनिएको थियो तर आर्यन खान लागु औषध मुद्दामा पक्राउ परेपछि अक्टोबरबाट स्थगित गरिएको थियो । यस चलचित्रमा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम पनि मुख्य भूमिकामा देखिनेछन् ।

पठान बाहेक, शाहरुख चाँडै एटली निर्देशित अनटाइटल्ड चलचित्रको छायांकन सुरु गर्दै छन् । यी बाहेक शाहरुख , सलमान खानको चलचित्र टाइगर ३ मा अतिथि भूमिकामा देखिँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *