बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडको जित

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले आफ्नो रवाफिलो प्रदर्शन जारी राखेको छ । बुधबार राति भएको खेलमा करिम बेन्जामाले दुई गोलमा रियलले एट्लेटिको बिलबाओमाथि २-१ को जित निकाल्यो ।

अर्को खेलमा पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको एट्लेटिको म्याड्रिड भने लगातार चौंथो खेलमा पराजित भयो । एट्लेटिको ग्रान्डासँग २-१ ले पराजित भएको हो । जोआओ फेलिक्सको गोलमार्फत एट्लेटिकोले दोस्रो मिनेटमानै अग्रता बनाएपनि ग्रान्डाले पुनरागमन जित निकाल्यो । ग्रान्डाले म्याचिसको गोलमार्फत १७ औ मिनेटमा खेललाई बराबरीमा ल्यायो । उसका लागि जोर्गो मोलिनाले ६१ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

हारपछि एट्लेटिको म्याड्रिडको १८ खेलमा २९ अंक बनाएर पाँचौ स्थानमा रहेको छ । विजयी ग्रान्डाको २२ अंक भएको छ । ग्रान्डा १२ औ स्थानमा रहेको छ ।

बेन्जामाको सानदार लय
रियलको जितमा बेन्जमाले सुरुवाती ७ मिनेट भित्रै दुई गोल गरेका थिए । यिनै दुई गोलनै जितका लागि पर्‍याप्त भए । जारी सिजनमा बेन्जामाको यो २३ खेलमा २० गोल हो ।

टोनि क्रुसको पासलाई चौंथो मिनेटमानै सदुपयोग गरेको रियलका लागि बेन्जमाले ७ औ मिनेटमा दोस्रो गोल गरे । बिलबाओका लागि सनसेटले डी मार्कोसको पासलाई सदुपयोग गर्दा १० मिनेट भित्रै खेलमा तीन गोल भएको थियो । त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा रियलले खेल २-१ ले जित्यो ।

पछिल्लो समय राम्रो लयमा रहेको रियल सबै खाले प्रतियोगितामा गरेर २५ खेलमा केवल दुई खेलमा मात्रै पराजित भएको छ । पछिल्लो पटक ३ अक्टोबरमा स्पानियोलसँग पराजित भएयता रियल हारेको छैन । जितसँगै रियलले दोस्रो स्थानको सेभियासँग स्पष्ट ८ अंकको अग्रता बनायो ।

ला लिगामा रियलको १९ खेलबाट ४६ अंक भएको छ भने दोस्रो स्थानको सेभियाले एक खेल कम खेल्दै ३८ अंक बनाएको छ । त्यस्तै रियल बेटीस १८ खेलबाट ३३ अंक बनाउँदै तेस्रो स्थानमा रहँदा रायो भालकानो समान खेलबाट ३० अंकका साथ चौंथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *