चेल्सी, लिभरपुल र टोटेनह्याम कारवाओ कपको सेमिफाइनलमा

काठमाडाैँ । उपाधि दाबेदार मानिएका चेल्सी, लिभरपुल र टोटेनह्यामले लिग कप (कार्वाओकप) फुटबलको अन्तिम चारमा स्थान बनाएका छन् । यो सँगै लिग कपको सेमिफाइनल समीकरण पुरा भएको छ ।

यसअघिनै अर्को प्रिमियर लिग क्लब आर्सनलले अन्तिम चारमा स्थान बनाइसकेको छ । प्रतियोगिता अन्तर्गत अब सेमिफाइनलमा आर्सनलले लिभरपुल तथा टोटेनह्यामले चेल्सीको सामना गर्ने छ । पहिलो लेग ४ जनवरीमा हुँदा दोस्रो लेग ११ जनवरीमा हुने छ ।

अन्तिम चारमा स्थान बनाउने क्रममा टोटेन्ह्यामले वेस्टह्याम युनाईटेडलाई २-१ ले पराजित गर्‍यो । टोटेनह्यामले स्टीवन बर्गविनको गोलमार्फत २९ औ मिनेटमा खेलमा अग्रता लिएको थियो । तर वेस्टह्यामका बोवेनले ३२ औ मिनेटमा बराबरी गोल फर्काए । तर त्यसको दुई मिनेट बित्न नपाउँदै लुकास मौराले टोटेनह्यामलाई अग्रता दिलाए । जुन अग्रतानै निर्णायक बन्यो । त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन ।

अन्तिम समयमा चेल्सी भाग्यमानी
त्यस्तै अर्को खेलमा चेल्सी अन्तिम समयमा भाग्यमानी साबित भयो । ब्रेन्फोर्डलाई २-० ले पराजित गर्दा चेल्सीले अन्तिम १० मिनेटमा नतिजा आफ्नो पक्षमा पारेको थियो । चेल्सीको यो मुख्य प्रतियोगितामा पछिल्लो ११ महिनामा तेस्रो सेमिफाइनल यात्रा हो ।

चेल्सीले ८० औ मिनेटमा जनसनको आत्मघात गोलमार्फत अग्रता लिएको थियो । ८५ औ मिनेटमा उसले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई जोर्गिन्होले सदुपयोग गर्दा चेल्सी सहज रुपमा २-० ले विजयी भयो ।

लिभरपुलको सङ्घर्षपूर्ण जित
लिग कप अन्तर्गत नै भएको खेलमा लेस्टर सिटी विरुद्ध पेनाल्टी सुटआउटमा लिभरपुलले बाजि मार्‍यो । निर्धारित समय ३-३ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो । जहाँ लिभरपुल ५-४ ले विजयी हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

त्यसअघि लेस्टर सिटीले पहिलो हाफमानै गरेको ३-१ को अग्रता जोगाउन नसक्दा लिभरपुलले नाटकीय बराबरी गर्दे खेल आफ्नो पक्षमा पारेको थियो। लिभरपुलले अतिरिक्त समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

पहिलो हाफमानै लेस्टरले ३-१ को अग्रता बनाएको थियो। उसका लागि जेमी भर्डीले ९ र १३ मिनेटमा गोल गर्दा म्याडिसनले ३३ औ मिनेटमा तेस्रो गोल गरे। त्यसअघि १९ औ मिनेटमा अक्सलेड चाम्बरलेइनले लिभरपुललाई खेलमा फर्काउँदै पहिलो हाफलाई ३-२ को अवस्थामा ल्याए ।

यद्यपि दोस्रो हाफमा नाटकीय पुनरागमन गरेको लिभरपुलले अतिरिक्त समयमा बराबरी गर्दै खेल आफ्नो पक्षमा पार्‍यो। ६८ औ मिनेटमा जोताले दोस्रो गोल गर्दा मिनामिनोले अतिरिक्त समयको पाँचौ मिनेटमा बराबरी गोल गर्दै लेस्टरलाई स्तब्ध पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *