मेयर बन्ने इन्जिनियर र्‍यापरको सपना

काठमाडौँ । केही दिनअघि र्‍यापर बालेन अर्थात् बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरे । उनले आफ्ना सिर्जना मार्फत पनि राजनीतिक विषयप्रति व्यङ्ग्य गर्दै आएका छन् । उनले चुनाव लड्ने घोषणासँगै उनको साथमा केही कलाकर्मी उभिएका छन् ।

उनलाई स्याडोज ब्यान्डका लिड भोकलिस्ट स्वप्निल शर्माले साथ दिएका छन् । उनले बालेनको झोला बोक्न तयार रहेको बताएका छन् । त्यस्तै कलाकार नाजिर हुसेनले समेत एकै सोच भएको र चिया पसलमा कुराकानी गर्ने विषय उक्काउँदै ‘युवालाई साथ दिने जिम्मेवारी हाम्रो’ भनेका छन् ।

बालेन पेसाले इन्जिनियर हुन् । ‘मेयरको अधिकांश काम इन्जिनियरिङसँग सम्बन्धित हुने गर्छ । त्यसैले सोचेर, बुझेर मात्रै यो निर्णयमा पुगेको उनी बताउँछन् । काठमाडौँकै स्थायी बासिन्दा भएकाले मेयर लड्न उनले काठमाडौँ महानगरपालिका नै चुनेको पनि उनको भनाइ छ ।

उनलाई धेरैले चर्चाको लागि यस्तो विषय उठाएको आरोप पनि लगाएका थिए । तर‚ उनले यो सरासर गलत भएको बताउँदै आएका छन् । साथै पछिल्लो समय धेरै पार्टीबाट उनलाई आफ्नो पार्टी प्रवेश गराउन चाहनेहरू आए पनि आफू स्वतन्त्र उमेरद्वार बनेर अगाडि बढ्ने उनको योजना छ ।

बालेनले र्‍याप गाउनेसँगै गीत लेख्ने, कम्पोज गर्ने, आफ्ना भिडिओ निर्देशन गर्नेदेखि र्‍याप ब्याटलमा सहभागिता जनाउने काम गर्दै आएका छन् । उनी र्‍याप ब्याटल ‘र बार्ज’को दोस्रो सिजनका विजेतासमेत हुन् । उनलाई ‘लिटिल ग्रिजल’सँगको र्‍याप ब्याटलले दर्शक माझ अझ परिचित बनाएको थियो ।

आयुर्वेदिक डाक्टर रामनारायण शाहका छोरा बालेन काठमाडौँ तीनकुनेका बासिन्दा हुन् । उनले भारतको कर्नाटकबाट इन्जिनियरिङ मै स्नातकोत्तर गरेका हुन् ।

उनका बलिदान, लोकल ठिटो, तिमी फूलजस्ता गीतहरू चर्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *