रोकिएको मिस वर्ल्ड फिनाली मार्चमा हुने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि स्थगित भएको ‘मिस वर्ल्ड’ प्रतियोगिताको फिनाली मार्च १६ २०२२ मा हुने भएको छ । मिस वर्ल्डको ७०औँ संस्करणको फिनाली १६ मार्च २०२२ मा आयोजना हुने घोषणा भएको हो ।

आयोजक संस्था ‘मिस वर्ल्ड’ले एक प्रेस विज्ञप्ति निकाल्दै ७०औँ संस्करणको फिनालीको नयाँ मिति सार्वजनिक गरेको हो ।

गतशुक्रबार बिहान अमेरिकामा मिस वर्ल्ड प्रतियोगिताको फिनाली हुने भनिएकोमा अन्तिम अवस्थामा मिस वर्ल्डमा प्रतिस्पर्धा गरिरहेकी प्रतियोगीसहित कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थगित भएको थियो ।

टिमले स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगीलाई स्वदेश फर्किन दिएको थियो । मिस नेपाल नम्रता श्रेष्ठ पनि मापदण्ड पालना गर्दै नेपाल फर्किएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *