याक्खाको निर्देशनमा ‘जय हो सरकार’ सार्वजनिक

काठमाडौँ । सारा खुसी र समीर खानको अभिनय रहेको गीत ‘जय हो सरकार’ सार्वजनिक भएको छ ।

गीतमा र्‍यापर शेखर बगडियाको स्वर रहेको छ । गीतमा युवा अवस्थामा रहेका युवा-युवतीबीचको रोमान्सलाई गीतमा समेटिएको छ ।

गीतमा शेखर बगडियाको शब्द तथा सोहन मानन्धरको संगीत रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाङ्कन, अमृत चापागाईँको सम्पादन, सृजन बरालको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडिओ जसु याक्खाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *