फोटोसहितको मतदाता नामावली संकलन जारी (तस्बिरहरू)

काठमाडौँ । निर्वाचन आयोगले आउँदै गरेको निर्वाचनलाई लक्षित गरी फोटोसहितको मतदाता परिचयपत्र बनाउने कार्य शुरु गरेको छ । आयोगले देशको ७७ वटै जिल्ला निर्वाचन कार्यालय र ७५३ वटै स्थानीय तहबाट सो कार्यको सुरुवात गरेको हो ।

आयोगका अनुसार अहिले फोटो खिचाउन नेपाली नागरिकता भएको जो कोहीले पाउने छन् । तर मतदाता परिचयपत्र भने निर्वाचन घोषणा भएको दिन १८ वर्ष पुगेकाले मात्र पाउने आयोगले बताएको छ । पुष १ गतेदेखि स्थानीय तहमा फोटोसहितको नाम संकलन गर्न टोली खटाएको छ ।

सोमबारसम्म देशभर ४ लाख ३१ हजार ३ सय १४ मतदाता थपिएका छन् । यो वर्ष कुल मतदाताको २० प्रतिशत नयाँ मतदाता थपिने आयोगको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *