१० खेलाडीमा समेटिएको सेभियासँग बार्सिलोना रोकियो

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष चारका लागि सङ्घर्षरत बार्सिलोना १० खेलाडीमा सीमित सेभियासँग १-१ गोलको बराबरीमा रोकिएको छ । दोस्रो स्थानमा रहेको सेभिया दोस्रो हाफमा १० खेलाडीमा सीमित भएपनि त्यसको फाइदा उठाउन भने बार्सिलोना असफल भयो ।

सेभियाको घरेलु मैदानमा भएको खेलमा अग्रता भने घरेलु टोलीले अल्जेन्ड्रोज गोमेजको गोलबाट लियो । गोमेजले ३२ औ मिनेटमा गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाए । तर पहिलो हाफमानै बराबरी फर्काउने क्रममा बार्सिलोनाका लागि रोनाल्ड अरुजोसले हेड मार्फत खेल बराबरीमा ल्याए ।

पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा बार्सिलोना थप निराशाजनक प्रदर्शनको सिकार भयो। दोस्रो हाफमा दुवै टीमबाट थप गोल हुन नसक्दा दुवै टीमले १-१ अंक बाँडे ।

६४ औ मिनेटमा जुलेस कौन्डे रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले जोर्डी अल्बामाथि फल गरेपछि सिँधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। तर त्यसको फाइदा उठाउन बार्सिलोना असफल भयो ।

बराबरीपछि बार्सिलोना २८ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ । दोस्रो स्थानको सेभियाले भने रियल शीर्ष स्थानको रियल म्याड्रिडसँग अंक दुरी कम गर्ने मौका चुकाएको छ । सेभियाको ३८ अंक छ । बार्सिलोनाको यो सिजनको सातौँ बराबरी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *