विनोदले ‘दी प्रेमपूजा २’ बनाउने

काठमाडौँ । चलचित्र ‘प्रेमपूजा’ मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा-२’ घोषणा गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलन गरी उनले कलाकार तथा प्राविधिक टीम घोषणा गरेका हुन् ।

‘बी कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहनेछ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबी रोजा ढकाल, सविता कार्की, मनीषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल छन् ।

चलचित्र नेपाल र बेल्जियममा छायांकन हुनेछ भने चलचित्र महेन्द्र थापाले छायांकन गर्दैछन् । लेखन तथा निर्देशन पौडेलकै रहने भएको छ ।

पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी काली लगायत चलचित्र बनिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *