अनाथालयलाई ‘चुरीफुरी’ टिमको सहयोग

काठमाडौँ । यही पुस ९ गते शुक्रबारदेखि देशैभर प्रदर्शन हुन लागेको चलचित्र ‘चुरीफुरी’ टिम सामाजिक कार्यमा सक्रिय देखिएको छ । सोमबार टिमले अनाथालयलाई सहयोग गरेको हो ।

काठमाडौँको म्हेपीमा रहेको पिए नेपाल नामक संस्थालाई टिमले एक महिनालाई पुग्ने खाद्यान्न वितरण गरेको हो । चुरीफुरीको यो सहयोग कार्यक्रममा दिल गोदारले सघाएका छन् ।

चलचित्रमा रवीन्द्र झा, सुबोध गौतम, राजीव जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्य लगायत कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रका छायाँकार राहुल राई हुन् भने सम्पादन नवीन निरौलाले गरेका छन् । चलचित्रका सहनिर्माताहरूमा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी छन् भने ऋषिराज आचार्य र रीना ढकाल भण्डारी यसका निर्माता हुन् । चलचित्र ऋषिराज आचार्यले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *