प्रकाश ओझाको ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ सार्वजनिक (भिडिओ)
२०७८ पुस ५ गते

काठमाडौँ। गायक प्रकाश ओझाको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ पुनः रेकर्ड गरेर नयाँ भिडिओसहित सार्वजनिक गरिएको छ । डम्बर बिकेलको शब्द रचना रहेको गीत केही दशकअघि चर्चा कमाउन सफल गीत हो ।
यो कमेडी गीतमा संगीत पनि प्रकाश ओझाकै रहेको छ । भिडिओमा प्रकाश ओझाको साथमा कृष्ण सिवाकोटी, बिन्दा खतिवडा, विनय पौडेल, कमला पौडेल, सञ्चिता मगर, राम कार्की, ललित पहाडी, प्रेम चौधरीलगायतको अभिनय रहेको छ ।
दिव्यराज सुवेदीले छायांकन गरेको भिडिओमा सुप्रिम पराजुलीको सम्पादन तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । वसन्त निरौलाले निर्देशन गरेको भिडिओ दर्शकले पहिला झैँ मन पराउने अपेक्षा गरिएको छ ।
२०७८ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








