आलेको ‘जीवनको अर्थ’ सार्वजनिक

काठमाडौँ । गीत ‘जीवनको अर्थ’ सार्वजनिक भएको छ । गीतको भिडिओमा आम नेपालीको जीवनलाई देखाउने प्रयास गरिएको छ ।

गाउँमा खेती किसानी गरेर जीवन बिताउने मानिसको स्थितिलाई शब्द र भिडिओमार्फत देखाइएको छ । सास्वाद आले मगरको स्वर रहेको गीतको शब्द/संगीत मगर सँगै उज्ज्वल राउतले सिर्जना गरेका छन् । संगीत संयोजन राजु शाहको रहेको छ ।

गायकसँगै भिडिओमा सञ्जिता पाण्डे र बाल कलाकार सारा आले मगरले अभिनय गरेका छन् । दिनेश पराजुलीले खिचेको भिडिओ उत्तर राना मगरले सम्पादन गरेका हुन् भने निर्देशन किशन भुसालले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =