गठबन्धन फुटे एमसीसी पास गर्न सहयोग गर्छौँ भन्नु अलोकतान्त्रिक : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फुटाए एमसीसी पास गर्न समर्थन गर्छौँ भन्नु अलोकतान्त्रिक भएको बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले गठबन्धन टुट्यो भने एमसीसी पास गर्न सहयोग गर्छौँ भन्नु लोकतान्त्रिक हो भन्दै प्रश्न गरेका छन् । उनले भने‚ ‘यदि गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गर्ने भन्नु लोकतान्त्रिक तर्क हो ?’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै प्रचण्डले एकातिर गठबन्धन टुटे समर्थन र अर्कोतिर लगातार सदन अवरुद्ध गर्नु प्रतिगमनकै निरन्तरता भएको बताएका छन् ।

केहि दिनअघि एमाले अध्यक्ष ओलीले यदि नेपाली कांग्रेस गठबन्धनबाट अलग हुन्छ भने कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने र एमसीसी पास गर्न सहयोग गर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *