‘मिस इण्डिया’ मानसालाई कोरोना सङ्क्रमण
२०७८ पुस ५ गते

एजेन्सी । ‘मिस इण्डिया २०२०’ मानसा वाराणसीलाई कोरोना सङ्क्रमण भएको छ । ‘मिस वर्ल्ड’ मा सहभागी हुन अमेरिकाको पुएर्तो रिकोमा पुगेकी वाराणसीलाई कोरोना सङ्क्रमण देखिएको हो ।उनीसहित १७ मिस वर्ल्ड प्रतियोगीमा कोरोना सङ्क्रमण देखिएको छ ।
सबैलाई पुएर्तो रिकोमा आइसोलेसनमा राखिएको छ । प्रतियोगिताका प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि आयोजकले फाइनल स्पर्धा स्थगित गरेको थियो । कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जनाएको छ ।
२०७८ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








