कार्डिजसँग बराबरीमा रोकियो रियल

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल लगातार आठौँ जित निकाल्ने मौका गुमायो। घरेलु मैदानमा निराशाजनक बराबरी खेल्ने क्रममा रिलय रेलिगेशन जोनमा संघर्षरत कार्डिजसँग गोलविहीन बन्यो।

आइतबार राति रियलले घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले ८२ प्रतिशत खेलमा पोसेसन बनाएपनि गोल गर्न नसक्दा गोलरहित बराबरीमानै चित बुझाउनु पर्‍यो। बराबरीपछि रियले शीर्ष स्थानमा स्पष्ट ६ अंकको अंक दुरी बनाउन सफल भएको छ।

घरेलु टोलीले गोलका लागि गरेका ३६ प्रहार सफल भएनन्। जसले गर्दा पाहुना टोली भाग्यमानी साबित भयो। कार्लो एन्सलटिनो लगातारको प्रहार सफल नहुँदा टचलाइनमा निकै फ्रस्टेसनमा देखिएका थिए। ब

ब्राजिलियन फर्वाड भिनिसियस जुनियरले आफ्नो लिगको सयौँ (१००) खेलमा उपस्थिति देखाए। त्यस्तै रियलका लागि इडन हजार्ड ले मिड सेप्टेम्बर यता पहिलो पटक सुरुवाती ११ मा स्थान बनाएका थिए।

कोभिडका कारण प्रभावित शीर्ष स्थानको रियलले मुख्य ६ खेलाडी मैदानमा उतार्न सकेन। बराबरीले रेलिगेशन जोनबाट माथि उठ्न संघर्षरत कार्डिजलाई भने केही राहत मिलेको छ। उसको लिगमा १४ अंक भएको छ। उ पुछारबाट दोस्रो स्थानमा छ।

त्यस्तै स्पेनिस ला लिगामा ग्रान्डाले मालोर्कालाई ४-१ ले पराजित गर्दा एथलेटिको बिलबाओले रियल बेटिसलाई ३-२ ले पराजित  गर्‍यो । त्यस्तै गेटाफेले भने ओसासुनालाई १-० ले पराजित गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *