लिभरपुल र टोटनह्यामको रोमाञ्चक बराबरी

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको लिभरपुल टोटेनह्याम हट्सपरसँग २-२ गोलको बराबरीमा रोकिएको छ । टोटनह्यामको घरेलु मैदानमा आइतबार राति भएको सनसनीपूर्ण खेलमा २-२ गोलको बराबरी भएको हो ।

घरेलु दर्शकसामु १३ औँ मिनेटमा ह्यारी केनको गोल मार्फत टोटेनह्यामले अग्रता बनाएको थियो । तर लिभरपुलले ३५ औँ मिनेटमा डिएगो जोटाको गोलमार्फत खेललाई बराबरीमा ल्यायो । पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफ थप रोमाञ्चक रह्यो ।

खेलको ६९ औँ मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । तर उनको अग्रतालाई घरेलु टोलीले लामो समय टिक्न दिएन । ७४ औँ मिनेटमा दक्षिण कोरियन स्टार सन ह्युङ मिनले गोल गर्दै खेल पुन २-२ को बराबरीमा ल्याए ।

त्यसको केही समयमानै लिभरपुलका लागि गोल गरेका रोबर्टसन ७७ औँ मिनेटमा रातो कार्ड पाएर मैदाबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो । तर त्यसको फाइदा उठाउन घरेलु टोली असफल भयो ।

बराबरीले शीर्ष स्थानको सिटीलाई फाइदा भएको छ । दोस्रो स्थानको लिभरपुलको १८ खेलमा ४१ अंक भएको छ । शीर्ष स्थानको सिटीले अब स्पष्ट ३ अंकको अग्रता बनाउन सफल भएको छ । टोटेनह्याम २६ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *