न्युक्यासलमाथि सिटीको रवाफ, चेल्सी रोकियो

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४-० को प्रभावशाली जित निकालेको छ । सिटीको यो प्रिमियर लिगमा लगातार ८ औँ जित हो । उपाधि होडमा रहेको चेल्सी भने वल्भेससँग गोलरहित बराबरीमा रोकियो ।

खेलमा म्यानचेस्टर सिटीले पाँचौँ मिनेटमानै रुबेन डायसको गोलमार्फत अग्रता बनाएको थियो । २७ औँ मिनेटमा क्यानसेलोले दोस्रो गोल थपे । पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल थप्यो ।

उसका लागि रियाद महारेजले ६३ औँ मिनेटमा तेस्रो गोल गर्दा रहिम स्ट्रलिङले ८६ औँ मिनेटमा चौथो गोल गरेका थिए । जितसँगै सिटीको १८ खेलबाट ४४ अंक बनाएको छ । उसले दोस्रो स्थानको लिभरपुलसँग ४ अंकको अंक दुरी कायम राख्यो ।

चेल्सी बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार नै भएको खेलमा चेल्सी वेल्सेसँग गोलरहित बराबरीमा रोकिएको छ । कोभिडका कारण चेल्सीले खेल रोकिदिन आग्रह गरेपनि प्रिमियर लिगले अस्वीकार गरेको प्रशिक्षक थोमस टुचेले जानकारी दिए ।

कोभिडका कारण चेल्सीले रोमेलु लुकाकु, टीमो वार्नर, कालुम हुडसन र बेन चिलवेल विना मैदान उत्रिएको थियो । चेल्सीलाई बराबरीमा रोकेको वेल्भेसले भने एक अंक हात पार्‍यो ।

खेलमा चेल्सीले ६३ प्रतिशत बल पोसेसनमा राखेपनि गोल गर्न सकेन । उसले घरेलु टोली विरुद्ध १ मात्र सट टार्गेटमा राखेको थियो । उसले ८ सट प्रहार गरेको थियो । बराबरीपछि चेल्सी १८ खेलबाट ११ जित ५ बराबरी र २ हारबाट ३८ अंक सहित तेस्रो स्थानमा कायम छ । ८ औँ स्थानमा रहेको वेल्भेसको २५ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *