बंगलादेशले श्रीलंकालाई १२ गोल गरेपछि बाहिरियो नेपाल

काठमाडौँ । बंगलादेशको ढाकामा जारी साफ यू १९ महिला च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ। अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएसँगै यो खेलको नतिजामा निर्भर रहेको नेपाल आफू अनुकूलको नतिजा नआएपछि बाहिरिएको हो ।

नेपाल फाइनल पुग्न बंगलादेशलाई श्रीलंकाले हराउनु पर्ने थियो । तर साबिक च्याम्पियन बंगलादेशले श्रीलंकाको पोस्टमा १ दर्जन गोल गर्‍यो। प्रतियोगितामा आयोजक बंगलादेश समूह विजेताका रूपमा फाइनलमा पुग्दा भारत उपविजेताका रूपमा फाइनलमा पुग्यो। यी दुईबीच उपाधिका लागि २२ डिसेम्बरमा प्रतिस्पर्धा हुनेछ।

समूह चरणमा बंगलादेश अपराजित रहँदै १० अङ्क बनाएर फाइनलमा पुग्दा भारतले ९ अङ्क बनायो। साफ च्याम्पियनसिपमा फाइनलमा पुग्नका लागि नेपाललाई भारतसँग बराबरी पर्याप्त थियो। तर नेपाल ६७ औँ मिनेटमा गोल खान पुग्यो।

उसका लागि प्रियङ्का देवीले गरेको एक मात्र गोल नै नेपाललाई प्रतियोगिताबाट बाहिर पठाउन पर्याप्त बन्यो। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकिँदा श्रीलंकालाई ६-० ले हराएको थियो।

यस्तै तेस्रो खेलमा भुटानमाथि ४-० को जीत दर्ता गर्न सफल भएको थियो। भारतले भने श्रीलंकालाई ५-० र भुटानलाई ३-० ले पराजित गर्दा बंगलादेशसँग १-० ले हारेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *