ब्रिगेडलाई हराउँदै शेर्पाको पहिलो जित

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले पहिलो जित निकालेको छ । शेर्पाले ब्रिगेड ब्वाइज (बीबीसी) लाई ३-१ गोल अन्तरले पराजित गर्दै रेलिगेसन जोनसमेत छाडेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा शेर्पाले बीबीसीविरुद्ध पहिलो हाफमा १ गोल गर्दा थप दुई गोल दोस्रो हाफमा सम्भव बनायो।

खेलमा हिमालयन शेर्पाले चौथो मिनेटमा नै मोटाम्बाको गोलमार्फत अग्रता लियो । कप्तान विश्वास श्रेष्ठको फ्रिकिकलाई मोटाम्बाले हेड गर्दै शेर्पालाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि पनि हिमालयन शेर्पाले गोलका राम्रा मौका पाए पनि सदुपयोग गर्न भने सकेन ।

शेर्पाले आफ्नो अग्रता दोस्रो हाफको सुरुवातमा चुकाए पनि अन्तमा पुनः अग्रता बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो । बीबीसीका लागि ५३ औँ मिनेटमा सब्सटिच्युट खेलाडी भुवन बस्नेतले शिशिर लेखीको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए ।

शेर्पाले अग्रता भने ७४औँ मिनेटमा बनायो । ब्रिगेडका गोलरक्षक एन्जल श्रेष्ठ अघि बढेको मौकामा सुरेश कुमालले जीवन गुरूङको पासलाई सदुपयोग गर्दै टीमको अग्रता २-१ मा पुर्‍याए । खेलमा फराकिलो अग्रतामा पुर्‍याउन भने हिमालयन शेर्पा अतिरिक्त समयमा बनयो । विश्वास श्रेष्ठको क्रसलाई सब्सटिच्युट मनिष थापाले गोल गर्दा शेर्पाले अग्रता ३-१ मा पुर्‍यायो । दोस्रो हाफमा शेर्पाले बीबीसीमाथि निरन्तर दबाब बनाएको थियो ।

जारी लिगमा शेर्पाको यो पहिलो जित हो । अघिल्ला चार खेलमा शेर्पा जितविहीन रहेको थियो । २ खेलमा हारेको शेर्पाको लिगमा २ खेलमा बराबरी गरेको थियो । आजको जितले शेर्पालाई रेलिगेसन जोनभन्दा निकै माथि पुर्‍यायो । ५ अंक बनाएको शेर्पा ८औँ स्थानमा उक्लिँदा फ्रेन्डस भने रेलिगेशन जोनमा धकेलियो ।

ब्रिगेडको भने प्रतियोगितामा यो दोस्रो हार हो । ब्रिगेट भने हारपछि पनि ६ अंकका साथ ९औँ स्थानमा धकेलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *