भारतसँग पराजित भएपछि साफ च्याम्पियनसिपको फाइनल पुग्ने नेपालको सम्भावना कमजोर

काठमाडौँ । दक्षिण एसियाली यू-१९ महिला फुटबल च्याम्पियनसीपमा नेपाल भारतसँग पराजित भएको छ । बंगलादेशको ढाकामा आइतबार भएको खेलमा नेपालले भारतसँग १-० को पराजय व्यहोरेको हो । भारतका लागि पी नावरेमले खेलको ६७औँ मिनेटमा गरेको गोल नै उसको जितका लागि पर्याप्त भयो ।

पराजयसँगै फाइनलमा प्रवेश गर्ने नेपालको सम्भावना कमजोर भएको छ । भारतसँगको खेल कम्तीमा बराबरी भएको भए नेपाल फाइनल प्रवेश गर्ने थियो । तर‚ हार व्यहोरेपछि अब नेपालले बंगलादेश र श्रीलंकाबीचको खेलको नतिजा पर्खनुपर्नेछ । बंगलादेशले श्रीलंकालाई हराए वा खेल बराबरी भए नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

बंगलादेश पराजित भए नेपालको फाइनल प्रवेश गर्ने सम्भावना रहनेछ । नेपाललाई हराएको भारत भने प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

भारतले चारमध्ये तीन खेल जित्दै ९ अंक जोडेको छ । यता नेपालले चारमध्ये दुईमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्दै जम्मा सात अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *