यु-१९ महिला साफ च्याम्पियनसिप

भारतविरुद्ध नेपालः कम्तीमा बराबरी गर्नुपर्ने चनौती

काठमाडाैँ । सिंगल राउण्ड रोबिनको आधारमा जारी यु-१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतसँग खेल्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतसँग खेल्न लागेको हो ।

बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ । नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । जित हासिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन ।

आइतबार नै बङ्गलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । यस खेलबाट अर्को फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ । प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलोदशको समान ७ अंक रहेको छ । यता, भारतको भने ६ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *